अमेरिका– मेक्सिको संगै दक्षिण सिमाबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई अब सकस हुने भएको छ ।
अमेरिकाको होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयोकर्सले आप्रवासीहरुलाई दक्षिण सिमाबाट अमेरिका प्रवेश नगर्न चेतावनी दिएका छन् । उनले आईतबार एक सन्देशमा भने– ‘अव दक्षिण सिमाबाट अमेरिका नआउनुहोस ।’
उनले सिएनन् टेलिभेजिनको एक कार्यक्रममा हाम्रो सिमा खुल्ला नभएको भन्दै आप्रवासीलाई अमेरिका नआउन चेताएका हुन ।
उनले सिमाबाट अमेरिका प्रवेश गरेकालाई वैध दावी नभएकालाई अमेरिकाबाट निष्कासन गरिने समेत चेतावनी दिएका छन् । उनले शीर्षक ४२ अन्तर्गत निष्कासन तथा अध्यागमन प्रकृया अनुसार प्रकृृयामा राखिने बताए । उनले कानुन अन्तर्गत अमेरिकामा रहनका लागी वैध नभएकालाई अमेरिकाबाट निष्कासन गरिने दोहोराए ।
यदि दोस्रो मुलुकबाट यसरी सिमा पार गरेर अमेरिका आउने सोच कसैले बनाएको छ भने यो एउटा सन्देश समेत भएको प्रष्टाइएको छ ।
मेयोकर्सले अमेरिका– मेक्सिको सिमामा दैनिक १८ हजार आप्रवासीको सामाना गर्नु परेकाले यसले अध्यागमन प्रणालीमा असर पुगेको बताए ।
ट्रम्पकालिन सार्वजनिक स्वास्थ्य संकटको कारण अमेरिका– मेक्सिको सिमामा आप्रवासीहरुलाई फर्काउने नितिको निरन्तरता भएकेो समेत कतिपयले विश्लेषण गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected