टेक्सस– खल्तीमा बोक्ने र बोकाएर हिडने जथभावी लेख्ने पत्रकारले गर्दा पत्रकारिताको दुरुपयोग बढेको औल्याइएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आईतबार टेक्ससमा आयोजना गरेको सामुदायिक अन्तरक्रियामा टेक्ससका सामाजिक अगुवाहरुले यस्तो औल्याएका हुन ।
टेक्ससका सामाजिक अगुवा एनसिएससीका अध्यक्ष सुरेन्द्रचन्द्र पोखरेलले खल्तीमा बोकेर हिडने र कामभन्दा प्रचारको आत्मरतिमा रमाउने समाजका केही व्यक्तिले गर्दा पनि पत्रकारितामा प्रश्न उठेको बताए ।
उनले भने– ‘जथभावी लेख्ने लेखाउने, खल्तीमा हाल्ने पत्रकार स्वतन्त्र नहुदा दुरुपयोग बढेको छ ।’
उनले समाज प्रचारमुखी काम गर्ने तिल जति र पहाड जत्रो प्रचाार चाहने प्रवृत्ति बढेको समेत बताए । उनले खल्ती, चल्ती, छहारे तथा झयासझुसे भन्दै पत्रकारको वर्गिकरण समेत कार्यक्रम गरेका थिए ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले भने समाज र पत्रकारिता एक अर्काका परिपुरक भएको बताए । सही सुचना र समाजसंगको सहकार्यले स्वतन्त्र पत्रकारितालाई टेवा पुग्ने धारणा राखे ।

कार्यक्रममा अग्रज पत्रकार तारा बरालले पत्रकारिताको आचारसंहिता र नेपाली पत्रकारिताको अवस्थाकामे बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सहजकर्ता तथा पत्रकार संजय घिमिरेले समाज विना मिडिया बलियो नहुने बताए । घिमिरेले भने–‘ मिडियाको मुटु समाज हो, मिडिया संचालनका लागी समाजले दिने विज्ञापनले पनि मिडियालाई टिक्न सहज हुन्छ ।’

पत्रकार सुजन पण्डितले डिजिटल मिडियाको घेराबन्दीमा अहिले पत्रकारिता परिरहेको बताए ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताले समाज र पत्रकारिता आपसका अभिन्न अंग भएकाले सहकार्य गरेर अगाडी बढनुपर्ने धारणा राखेका थिए ।
पत्रकार रामचन्द्र भट्टले समाचार हो होइन नखुटाई समाज लेख्ने दबाब दिने र नलेखे आक्रोस पोख्ने प्रवृत्ति पनि समाजमा विद्यमान रहेको तिक्तता पोखे ।

नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को अध्यक्ष विकाशराज न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा डा अर्जुन बन्जाडे, नेपाल अमेरिका पत्रकार संघका महासचिव सुरज भण्डारी, सदस्य बाबुराम दाहाल, युलेस सिटी काउन्सिलका टिका पौडेल, एनआरएनए टेक्ससका चण्डी भण्डारी, पत्रकार विजय भट्टराई लगायतका वक्ताहरुले पत्रकारिता र समाजले निभाउनु पर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected