अमेरिका– भर्जिनियाबाट साथी भेटन मोटरसाईकलमा न्युजर्सि पुगेका २९ वर्षिय पृथ्वी लम्सालको त्यो नै अन्तिम दिन होला भनेर कसैले सोचेको थिएन । तर भइदियो त्यस्तै गएको आईतबार साथीलाई भेटेर आफनो कर्मथलो भर्जिनिया फर्किदै गर्दा उनी ठुलो मोटरसाईकल दुर्घटनामा परेर र संसारबाट सधैका लागी विदा लिए ।
आफन्त जनका अनुसार सडकमा मोटरसाईकल उछिटिएर उनी दुर्घटनामा परे लगत्तै उनलाई न्युजर्सिको कुपर युनिभर्सिटी अस्पताल गंभीर अवस्थामा पुराइएको थियो । भेन्टिलेटरमा राखेर उपचार हुदै गर्दा मंगलबार उनलाई अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा उनको टाउको , छाती लगायतका शरीरका विभिन्न भागमा क्षति पुगेको थियो ।

म्यासाच्युसेटसको नोर्थस्टन युनिभर्सिटीबाट ग्रयाजुवेट भई डेढ वर्षदेखि लम्साल जागीरको सिलसिलमा भर्जिनिया बस्दै आएका थिए ।
परिवारका एकला छोरा पृथ्वी २०१४ मा विद्यार्थी भिसामा अमेरिका आएका थिए । उनी सुरु आयोबा राज्यमा आएका थिए । पछि उनी अध्ययनको सिलसिलामा बोष्टन सरेका थिए । उनका पिता टंक लम्साल पनि झण्डै २० वर्ष अमेरिका बसेर पारिवारिक कारणले झण्डै तीन वर्ष अघि नेपाल फर्केका थिए । केही समय बोष्टनमा उनी पितासंग पनि बसेका थिए ।

उनको निधनको खबरले नेपालमा रहेका परिवार विक्षिप्त बनेको छ । लम्सालको शब नेपाल पठाउन नेपाली संस्कार अनुसार दाहसंस्कार गर्ने इच्छा परिवारको रहेकाले सम्पुर्ण कामका लागी सहयोग आवश्यक पर्ने भएकाले गोफन्डमा सहयोग गरिदिन आफन्त लेनिन कडेलले सबैलाई आव्हान गरेका छन् ।

सहयेाग गर्न गेाफन्ड लिंक

https://gofund.me/149504de

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected