अमेरिका–अमेरिकामा रहेका आप्रवासीहरुलाई बाइडेन प्रशासनले एउटा ठुलो राहत दिएको छ ।
एसाइलम लगायत ग्रिनकार्डको प्रकृयामा रहेका आप्रवासीको वर्क परमिटको अवधि सकिन लागेको बेला स्वतः १८ महिना म्याद थप भएको हो । म्याद सकिएको मितिबाट वर्क परमिट अब १८ महिनासम्म काम गर्नेछ । अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाले बुधबार देखि लागु हुने गरि स्वतः थपेको हो ।
१८० दिनको म्याद थपिने नियम रहेकोमा अमेरिकाको नागरिकता तथा आप्रवसान सेवाले समय अवधि बढाईदिएको छ । यो परिवर्तनले ४ लाख २० हजार हजार आप्रवासीलाई काम गुमाउने खतराबाट जोगाएको छ ।
वर्क परमिटको अवधि सकिन लागेको बेला युएससिआइएसले आवेदकहरुलाई अमेरिकामा काम गर्ने अवसर गुमाउने अवस्था आउन नदिन वर्क परमिटका नविकरण गदै आएको छ ।
एसाइलम संगै ग्रिनकार्डको प्रकृयामा रहेका, एचवान बी भिसा र तिनका परिवारलाई फाइदा पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected