टेक्ससको एउटा हाईस्कुलमा छुरा हानेर आफनै सहकर्मि छात्रको हत्या
टेक्सस– अमेरिकाको टेक्ससमा एक हाइस्कुलका छात्रले छुरा प्रहार गरेर आफनै सहकर्मिको हत्या गरेका छन् ।
टेक्ससको अस्टिनबाट ६० माइल टाढाको बेल्टन हाइस्कुलका १८ वर्षिय जोस लुईस रामिरेज जुनियरको आफनै सहकर्मि छात्रले हत्या गरेका हुन । आक्रमणको आरोपमा १८ वर्षिय सहकर्मि केसेन टायलर एलिसनलाई प्रहरीले पक्राउ गरेको छ ।
आफसमा झगडा भएपछि स्कुलको बाथरुममा आक्रमणकारी छात्र छुरा प्रहार गरेका थिए । छुरा हानेर भागेका उनलाई प्रहरीले २० मिनेट पछि पक्राउ गरी हिरासतमा राखेको छ ।
घटनापछि विद्यालयको पढाई बन्द गरिएको थियो । उक्त विद्यालयमा २५ सय विद्यार्थीहरु अध्ययन गर्छन । घटनामा अर्को एक जना छात्रलाई पनि प्रहरीले हिरासतमा लिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...