अमेरिका–अमेरिकामा गर्भपतन अधिकार सम्बन्धी कानुन अमेरिकी सर्वोच्च अदालतले उल्टाउने लागेको समाचार लिंक भएपछि राजनितिक विवाद चर्किएको छ ।
अमेरिकी सर्वोच्च अदालतको गर्भपतन सम्बन्धी भावी फैसलाको मस्यौदा बाहिर लिक भएपछि विवाद सृजना भएको हो । यो बारेमा अमेरिकी सर्वोच्च अदालतको मस्यौद लिक भएपछि यसको जाच हुने भएको छ । यो समाचार लिक भएपछि सर्वसाधारण यसको विरोधमा उर्तिएका छन् । अमेरिकाका विभिन्न राज्यमा अहिले विरोध प्रर्दशन भइरहेको छ ।
अब बाइडेन नेतृत्वको डेमाक्रेट पार्टिले गर्भपतन अधिकारलाई चुनावको अहम मुद्धा बनाउने देखिएको छ । सन् १९७३ मा अमेरिकामा तीन महिनासम्मको गर्भपतन गराउने अधिकार दिएको थियो ।
अहिले ९८ पानाको उक्त मस्यौदामा गर्भपतनलाई कानुनी मान्यता दिनु निर्णय गलत बताइएको छ ।
यदि सर्वोच्चले गर्भपतन सम्बन्धी अधिकार उल्टायो भने २२ वटा अमेरिकी राज्यमा तत्काल गर्भपतन सम्बन्धी अधिकार हटाइनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected