शिव शर्मा
अमेरिका–अमेरिकाको आयोबा राज्यको डिमोइनमा नेपालीले संचालन गरेको आरुष ज्वेलरी पसलमा शनिवार राती लाखौ डलरको सुन लुटपाट भएको छ ।
लुटेराले पसल तोडफोड गरेर झण्डै सात लाख डलर बराबरको ९ किलो सुन लुटपाट गरेको हो ।
राती ९ बजे पसल बन्द गरेर गएको पसल ११.५६ बजो लुटपाट भएको ज्वेलरी पसलका संचालक राम नेपालीले बताए । बिहान पसल खोल्न आउदा पसल तोडफोड गरेर लुटपाट भएको देख्यौ’ संचालक नेपालीले भने– ‘सुनको तिजौरी मेसिन नै काटेर सुन बोरामा हालेर लगेछन् ।’
उनका अनुसार पसलको सिसि क्यामेरा समेत नचलोस भनेर इन्टरनेटको सबै तार सुरुमा काटेको रहेछ । सिसि क्यामेरा नचलेकोले लुटेराको पहिचानमा समस्या भएको छ । लुटेरा एसी राख्ने ठाउको अक्सिजन काटेर पसल भित्र छिरेको देखिन्छ ।
सुन लुटेराहरुले सुन संगै रसाइनका टुक्रा समेत लिएर गएका छन् । आईतबार बिहान प्रहरी आएर घटनाको सबै विवरण लिएर गएको संचालक नेपालीले बताए । सुन लुटेराको प्रहरीले खोजी गरे पनि अहिलेसम्म पत्ता लागेको छैन ।
नेपालीले सात वर्ष देखि ज्वलेरी पसल आयोबामा संचालन गदै आएका थिए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...