टेक्सस– टेक्ससमा दिवंगत भएका र्सामाजिक अभियान्त कमल शर्माको स्मृतिमा कमल शर्मा फाउन्डेसन स्थापना भएको छ ।
श्रीमति सरिता शर्माले पतिको समाज सेवा प्रतिको बाकी रहेका कामहरु पुरा गर्न फाउन्डेसन स्थापना गरेकी हुन । शर्माको ४५ दिनको पुण्य तिथिको अवसर पारेर फाउन्डेसन दर्ता भएको हो ।
नेपाली समाज टेक्ससले आईतबार आयोजीत एक कार्यक्रममा कमल शर्मा फाउन्डेसनको सहयोगका लागी नेपाली समाज टेक्ससका अध्यक्ष १५ सय डलरको चेक हस्तान्तरण गरेका थिए ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले टेक्ससमा कमल शर्माले नेपाली समाजमा लगाएको गुनको बारेमा चर्चा गरेका थिए ।
एनसिएनसिका अध्यक्ष सुरेश पोखरेलले फाउन्डेसनलाई आवश्यक सहयोग गर्ने बताए ।
नेपाली समाज टेक्ससका आजीवन सदस्य, सामाजिक अभियान्त, डयालस फोटवर्थ क्षेत्रको विभिन्न संघ संस्थामा आवद्ध भई कमल शर्माले समाजका लागी योगदान दिएका थिए । पेशाले सिपिए समेत रहेका शर्माको क्यानसरका कारण निधन भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected