न्युयोर्क घटनाप्रति राष्ट्रपति बाइडेनले भने– ‘घरेलु आतंकवाद अन्तयका लागी सबै उठौ’
अमेरिका– अमेरिकाको न्युयोर्कको सुपरमार्केटमा भएको बन्दुक आक्रमणको घटनाले फेरि राष्ट्रपति जो बाइडेनलाई झकझकाएको छ ।
राष्ट्रपति बाइडेनले यसलाई घरेलु आतंकवाद को सज्ञा दिएका छन् । उनले यस प्रकारको आतंकवादलाई अन्त्य गर्न छिटो भन्दा छिटो नया कदम उठाउनु आवश्यक रहको बताए । उनले घरेलु आतंकवाद अन्तयका लागी सबै एक साथ उठनु पर्नेमा जोड दिए ।
राष्ट्रपति बाइडेनले घटनामा मारिएका दस जना परिवार प्रति समवेदना प्रकट गरेका छन् ।
शनिवार न्युयोर्कको बफेलो सहरको सुपरमार्केटमा एक १८ वर्षिय श्वेत युवाले अन्धधुन्ध बन्दुक आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो ।
वाइटहाउस द्धारा जारी एक विज्ञप्तीमा घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको छ ।
राष्ट्रपति जो बाइडेनले यस प्रकारको बन्दुक आक्रमण गरेर सर्वसाधारणको ज्यान लिनेहरुको समाजमा कुनै स्थान नहुने बताए । यसप्रकारको घटनालाई सधैका लागी निस्तेज पार्न सबै एक हुनुपर्नेमा बाइडेनले जोड दिएका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...