नेपाल राष्ट्र बैंकले नेपालमा भुक्तानी प्रणाली सञ्चालकको काम गर्नका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिलाई अनुमति पत्र (लाइसेन्स) प्रदान गरेको छ । नेपाल पेमेण्ट गैर आवासिय नेपालीको लगानी भएको कम्पनी हो । यो कम्पनीले नेपालमा अनलाइन मार्फत लेनदेनलाई सहजीकरण गर्ने छ ।

राष्ट्र बैंकले दिएको लाइसेन्समा भुक्तानी सम्वन्धि क्लियरिगं, सानो मूल्यको भुक्तानी र भुक्तानी स्वीजको काम गर्न स्विकृत दिईएको उल्लेख छ । करिव ३० करोड रुपैंया लगानी हुने यस कम्पनीमा अमेरिकामा व्यवसाय गर्ने गौरीराज जोशीको मुख्य लगानी छ । जोशी गैर आवासिय नेपाली संघका सचिव पनि हुन् ।

यसवाहेक डेनमार्कका गैरआवासिय नेपाली लोकराज शर्मापनि मुख्य लगानीकर्ता हुन् । एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी लगायतको यो कम्पनीमा लगानी छ । अमेरिकामा वाट पनि अन्य थुप्रै लगानीकर्ताले कम्पनीमा संस्थापक शेयर हालेका छन् ।

यो कम्पनीले नेपालमा अनलाइन भुक्तानी प्रणालीलाई सहजीकरण गर्न मुख्य भुमिका खेल्ने उद्देश्य राखेको छ । त्यसवोहक सस्तोमा रेमिट्यान्स कारोवार लगायतका विभिन्न सेवा दिने उद्देश्य पनि कम्पनीको छ । हाल कम्पनी मुख्य कार्यालय काठमाडौ सुनधारामा रहेको छ ।

कम्पनीलाई चाहिने अधिकांश पुर्वाधार वनिसकेकाले छिट्टै कम्पनीले औपचारिक रुपमा काम थाल्ने वताईएको छ ।

कम्पनीले नियमअनुसार सर्वसाधारणका लागि पनि साधारण शेयर निष्काशन गर्ने छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected