अमेरिका– अमेरिकामा अब ग्रिनकार्डका तथा स्थायी बसोबासका लागी दिएका आवेदनहरुले लामो समय पर्खनु परिरहेको छ ।
तर अब आवेदन दिएको ६ महिना  भित्रमा ग्रिनकार्ड तथा स्थायी बसोबास सम्बन्धी  सबै आवेदनकेा निर्णय  उपलब्ध गराउन कानुनी प्रकृया अघि बढेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको एउटा सल्लाहकार आयोगले स्थायी तथ ग्रिनकार्ड सबै आवेदनको निर्णय ६ महिना भित्र गर्न सिफारिस गरेको हो । यदि यो स्वीकृत भयो भने लामो समय देखि ग्रिनकार्डको प्रतिक्षामा रहेका आवेदकहरुलाई राहत पुग्नेछ ।
अमेरिकाको नया अध्यागमन सम्बन्धी यो नया प्रणालीले प्रत्येक देशका लागी सात प्रतिशतको कोटा तय समेत गरेको छ । यसलाई स्वीकृतका लागी एउटा आयोगले बाइटहाउस पठाएको छ ।
एक जना भारतीय अजय जैनले राखेको यो प्रस्ताव २५ जना आयुक्तले सर्वसम्मत पारित गरेको छ । ग्रिनकार्डको लामो प्रकृया हटाउन अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) लाई नितिमाथि समिक्षा गर्न सुझाव समेत दिएको छ ।
प्रिवारमा आधारित संगै अन्य सबै ग्रिनकार्ड आवेदनलाई ६ महिना भित्रमा गर्न आयोगले सिफारिस गरेको छ ।
सन् २०२१का लागी २ दशमलव २६ लाख ग्रिनकार्ड उपलब्ध रहेकोमा परिवारमा आधारित जम्मा ६५ हजार ४ सय ५२ ग्रिनकार्ड जारि गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected