अमेरिका– अमेरिकामा देश निकालाको सामना गरिरहेका एक भारतीयले डाइभर लाइसेन्सको निवेदन दिदा झुक्किएर गलत ठाउॅमा चिन्ह लगाउदा ठुलो कानुनी समस्या भोगेका छन् ।
लामो समय देखि अमेरिकाको जर्जियामा बसोबास गदै आएका पंकजकुमार पटेलको यो गल्तीलाई अमेरिको सर्वोच्च अदालतले उनि विरुद्ध फैसला गरेको छ । उनले संघीय अदालतमा गरेको अपिल समेत खारेज भएको छ ।
सन १९९२ मा झण्डै ३० वर्ष अघि गैरकानुनी रुपमा पत्नी सहित अमेरिका आएका पटेलले ड्राइभर लाइसेन्सका लागी आवेदन दिदा उनले अमेरिकी नागरिक भएको बक्समा गल्तीले टिककमार्क लगाएका थिए । उनले २००८ मा गल्तीले जर्जियाको नागरिक भन्दै ड्राइभर लाइसेन्समा टिकमार्क लगाएका थिए ।
यही गल्तीका कारण उनको ग्रिनकार्ड आवेदन समेत पेन्डिङमा रहन पुग्यो । २००७ मा युएससिआइएसम ग्रिनकार्डका लागी समेत आवेदन दिएका थिए ।
पटेलले गल्तीले टिकमार्क लगाएको भन्दै अदालतमा याचना गरेका थिए । तर उनको याचिका अदालतले खारेज गरेको छ । दशकौ देखि अमेरिका बस्दै आएका पटेल ले गरेको यो गल्तीले अहिले अमेरिकाबाट देश निकालाको प्रकृयामा पुगेको छ ।
उनले अध्यागम अदालत देखि पुनरावेदन लगायतमा अपिल गदै मुद्धा लडे पनि हारेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected