अमेरिका– अमेरिकाले थप ३५ हजार कोटाको अस्थायी कृषि कामदार अर्थात एचटुबी भिसा उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आथिर्क वर्ष २०२२ दोस्रो ६ महिनाका लागी कृषी कामदार भिसा उपलब्ध गराउने घोषणा गरेको हो ।
यो भिसामा सेप्टेम्बर ३० पछि थप कामदार चाहने अमेरिकी कम्पनीहरुलाई कामदारहरु भिसा उपलब्ध गराउनेछ ।
कामदार भिसा अर्थात एचटुबी भिसा मध्ये २३ हजार भिसा पहिला अमेरिका आइसकेकालाई उपलब्ध गराउनेछ । यहा“का रोजगारदाता कम्पनीले मे १८ देखि कामदार ल्याउने प्रकृयालाई आवेदन दिन सक्छन ।
यो भिसा खास गरी अमेरिकी रोजगारदाता कम्पनी कामदार अभाव भएको प्रमाणीत गरेपछि अमेरिकाले कामदार भिसा उपलब्ध गराउछ । यो भिसा कामदारले नभई रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...