१७ लाख कागजबिहिन आप्रवासीकेा अमेरिकी शरणकेा प्रतिक्षामा

अमेरिका– अमेरिकाले गएको अप्रिल महिनामा अमेरिका– मेक्सिको सिमामा २ लाख ३४ हजार आप्रवासीका अमेरिका प्रवेश गर्न खोजेको तथ्याङक सार्वजनिक भएको छ ।
सोमबार अमेरिकी अध्यागमन अदालतमा यस सम्बन्धी रिपोर्ट पेश गरिएको हो ।
जस मध्ये ९७ हजार लाई शीर्ष ४२ स्वास्थ प्राधिकरण अन्तर्गत मेक्सिको फिर्ता पठाउदै निष्कासन गरिएको अमेरिकाको डिर्माटमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको तथ्याङकमा देखिएको छ ।
शीर्ष ४२ को अधिनमा रहेका १ लाख ७० हजार भन्दा बढी आप्रवासीहरु उत्तरी मेक्सिको सिमाका शिविरहरुमा पर्खिएका छन् । मे २३ मा शीर्ष ४२ आदेश हटने आशामा उनिहरु रहेका छन् । तर यसो नभएकामा उनिहरु आफनो देश फर्किन बाध्य हुनुपर्नेछ ।
यो शीर्ष ४२ ले १७ लाख भन्दा बढी आप्रवासीलाई अमेरिका शरण लिनबाट रोकेको छ ।
आप्रवासीको यो डरलाग्दो तथ्याङकले रिपब्लिकन तथा डेमोक्रेटहरुबाट बाइडेन प्रशासनलाई दबाब बढाउने संभावना देखिएको छ ।
गएको मार्च महिनाको तुलनामा अमेरिका मेक्सिसको सिमामा सिमा सुरक्षा बलले ५ दशमलव ८ प्रतिशत भन्दा बढी आप्रवासीको सामना गरेको छ । बाइडेन प्रशासनको गएको वर्षको जुलाई देखीको ज्यादै उच्च संख्या हो ।
पछिल्लो समय बाइडेन प्रशासनले शीर्षक ४२ अन्तर्गत नै शरण दाबी गर्ने आप्रवासीहरुलाई कोभिड चिन्ताको कारण देखाउदै देश निकाला गदै आएको छ ।