अमेरिकाको राज्यकाे स्थानिय निर्वाचनमा भारतीय मुलका चार जनाले जीत हासिल गरेका छन् ।
हाइट हाउसकी पुर्व प्रोद्योगिक नितिकी सल्लाहकार समेत रहेकी मुस्लिम महिला गला हाशमी सहित चार जनाले जीत हासिल गरेका हुन । हाशमी बराक ओबामाको कार्यालयमा सल्लाहकार भएर काम गरेकी थिइन । उनी भर्जिनिया राज्यको प्रतिनिधी सभा सदस्यका लागी निर्वाचित भएकी छिन् । उनले सामुदायिक कलेजकी प्राध्यापक समेत भएर काम गरेकी थिइन । उनी ५० वर्ष अघि परिवारका साथ भारतबाट अमेरिका आएकी थिइन । उनले रिपल्बिकन सिनेटर ग्लेन स्सर्टेवंटलाई हराएर चुनाव जितेकी हुन । उनी भर्जिनिया राज्यकाे पहिलाे मुस्लिम सांसद समेत बनेकी छिन ।
यस्तै भर्जिनियाबाटै सुहास सुब्रहाण्मले पनि चुनाव जितेकी छिन् । उनी बैगलोरकी बासिन्दा हुन । यस्तै क्यालिफोर्नियाबाट मानो राजुले जित हासिल गरेका छन् । यस्तै नर्थ क्यारोलिनाबाट डिंवल अजमेराले सिटी काउन्सिलमा चुनाव जितेकी छिन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...