अमेरिका– कोरोनाभाइरसबाट बिस्तारै उर्भिरहेको बेला अमेरिकामा फेरि मंकीपक्स भाइरसले खतरा बढाएको छ । यो भाइरसको चपेटामा विश्वमा हजारौमा मानिसहरु आएका छन् ।
अमेरिकामा पनि यसको प्रभाव बढेपछि विश्व स्वास्थ संगठनले सबैलाई सर्तकता अपनाउन आव्हान गरेको छ । यो सरुवा रोग समेत भएकाले सबैलाई सार्वधानी अपनाउन विश्व स्वास्थ्य संगठनले गरेको छ ।
यो भाइरस अहिले अमेरिकाको टेक्सस संगै म्यासाच्युसेटसमा पनि देखिएको हो ।
खास गरी यो भाइरसबाट संक्रमण भएका व्यक्तिमा टाउको दुख्ने, ज्वरो आउने तथा शरीरका मासंपेशी दुख्ने गर्छ । विफर जस्तै शरीरमा पानीका फोका आउन थाल्छ । अधिकांश सक्रमण दुई देखि चार हप्ता सम्म चल्ने स्वास्थय विज्ञहरुले बताएका छन् । यसको लक्ष्ण व्यक्ति अनुसार सामान्य र गंभीर प्रवृत्तिको हुने गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected