अमेरिका– पेटमा जटिल समस्या आएपछि बिगत चार महिनादेखि अस्पतालमा उपचारार्थ काठमान्डौ निवासी ४१ वर्षिय विकासमुर्ति कोइराला सहयोगको आव्हान गरिएको छ ।
श्रीमति सरिता पौडेलले श्रीमानमा हेरचाहमा समय दिनुपर्ने भएकाले काम गर्ने अवस्था नरहेकाले परिवारको दैनिक जीवनयापनका लागी आर्थिक सहयोगको आव्हान गोफन्ड मार्फत गरेकी हुन । पाच वर्षदेखि श्रीमति र एक छोरी सहित मिसिगनमा बस्दै आएका कोइराला पेटको शल्यक्रियापछि अस्पतालमा बेडमा रहेका छन् ।
उनी अहिले मिसिगन स्थित युनिभर्सिटी अफ मिसिगन अस्पतालमा रहेका छन् । अस्पतालका अनुसार उनको उपचारमा थप लामो समय लाग्ने भएकाले उनको परिवारमा आर्थिक समस्या भएको छ ।

सहयेागका लागी लिंक तल छ

https://gofund.me/1b950418

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected