अमेरिका– अमेरिकामा शेर्पा समुदायबाट पहिलो पटक साङगे बाङचुक लामा शेर्पा वकील बन्न पुगेका छन् ।
उनी अमेरिकामा शेर्पा समुदायबाट वकील बन्ने पहिलो भएको दाबी गरिएको छ ।
शेर्पाले अमेरिकामा कानुन संगै एकाउन्ट दुबै विषयमा माष्टर डिग्री हासिल गरेका छन् ।
उनले रोड आयल्याणस्थित ल स्कुलबाट माष्टर डिग्री र बरुक कलेजबाट अकाउन्टमा डिग्रीको अध्ययन पुरा गरेका हुन
उनले अब न्युयोर्कको बुक्रलिन स्थित डिस्ट्रीक महान्याधिवक्ताका कार्यालयमा सहायक महान्याधिवक्ताको रुपमा काम गर्ने जनाइएको छ । उनले वर्षो देखि देखेको सपना पुरा भएकोमा खुशी व्यक्त गरेका छन् । उनले एशियाली समुदायको न्यायका लागी लडने समेत बताएका छन् । ण्ण्
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...