अमेरिका आएको तीन महिनामै छाडेर हिडेपछि……………..
–शिव शर्मा
अमेरिका-कोठामा चुरोटका टुटा असरल्ल छन् । भुईमा यततत्र बियरका खाली बोत्तल पल्टिएका छन् । घोरिएर एकोहोरो टोलाइरहेको छ निमेश क्षेत्री । कलेटी परेका ओठ र थरथराएको शरीर हेर्दा ऊ डिप्रेसनमा परेको जस्तै देखिन्छ । एक्लै घरि रुन्छ , त घरि खित्का छाडेर हॅासिदिन्छ ।
लुजियाना राज्यको एउटै अपार्टमेन्टमा बस्ने म छिमेकीको नाताले उसको हालत देखेर मलाई पनि चिन्तित बनाएको छ । मलाई सधै ऊ दाजुको रुपमा सम्मान गदै आएको छ । हरेक कुराको निर्णय लिदा मसंग एकपटक सल्लाह लिने गथ्र्यो ।
हिजोआज ऊ निकै मदिरा र चुरोट पिउन थालेको छ ।
घरिघरि होसहवास नै गुमाउने गरि पिउछ । काम छाडेर बसेको पनि महिनौ भइसक्यो । सुदुरपश्चिमको धनगढीबाट डिभी परेपछि सात वर्ष अघि अमेरिका छिरेको निमेशले धेरै सपनाहरु बुनेको थियो अमेरिकामा । अमेरिका आएपछि बीचमा ऊ नेपाल गएर बिहे गरेर पनि आएको थियो । कडा मिहिनेत गरेर काम गथ्र्यो ऊ ।
खटिएर काम गदै नवविवाहित श्रीमतिलाई अमेरिका झिकाउन निकै दौडधुप गरिरहेको थियो । श्रीमतिको सबै प्रकृया पुरा भएर अमेरिका आउने तयारी भएपछि ऊ यति रोमान्चित भएको थियो की उसले आफुलाई समाहल्न समेत सकेको थिएन । ल दाई बल्ल मेरो सपना पुरा भयो उसले मलाई हर्षित हुदै सुनाएको थियो – ‘बल्ल बुढी सित भेट हुन भयो ।’ वर्षोदेखिको सपना बल्ल पुरा हुने भयो ।
म पनि उसको श्रीमति आउने दिन एयरपोर्टमा लिन उसंग पुगेको थिए । उनिहरुको नवविवाहित जोडी निकै मिलेको थियो । श्रीमतिले नेपालबाट नर्सिङ सकेर आएकी रहिछिन् । अब श्रीमतिलाई यहा“को लाइसेन्स निकालेर यतै रजिस्टर्ड नर्सको जागीर खुवाउने भन्दै उ कसिएको थियो ।
श्रीमतिलाई गाडीको लाइसेन्स निकाल्ने देखि गाडी कुदाउने र अन्य अमेरिका आएपछि सुरुवाती चरणमा गर्ने सबै प्रकृयाको बारेमा निपुर्ण बनायो । तर उसलाई के थाहा उसको नवविवाहित जीवनमा यस्तो संगीन मोड आउला भनेर । उसले कल्पना नै नगरेको बज्रपात उसमाथी आईलाग्यो । नविवाहित श्रीमति अमेरिका आएको तीन महिना मै उसलाई छाडेर टाप कसिन ।
ऊ छागोबाट खसेजस्तै भयो । ग्रिनकार्ड आएपछि श्रीमतिले उसलाई छाडेर हिडिन । यति मात्र हैन उसमाथि झुठो अभियोग लगाउदै यौन हिंसा गरेको भन्दै प्रहरी बोलाएर तीन रात प्रहरी हिरासतमा पुराईन । श्रीमतिका लागी भनेर फुरुङ भएको उसको भावना माथि खेलवाड श्रीमतिले गरिन ।
बिहेपछि श्रीमतिलाई अमेरिका झिकाउन उसले कति धेरै मिहिनेत ग¥यो । सायदै ऊ श्रीमति अमेरिका आउदा जस्तो खुशी जीवनमा कहिल्यै भएको थिएन होला । तर के गर्नु उसका सारा खुशीहरु कागजको महल जस्तै क्षणभरमै भताभुंग भएर लड्यो । तर उसलाई के थाहा उसको श्रीमतिको अर्केसंग चक्कर चलेको रहेछ भनेर । उनी पुर्वतयारीका साथ अमेरिका आएकी रहिछिन् । बिचरो निमेश छाती पिटेर रुन बाहेक अरु केही सकेन । जसलाई आफनो सोचेको थियो उसैले छाडेर हिडेपछि ऊ विक्षिप्त भएको छ ।
अझै पनि ऊ फर्केर आउछे भनेर प्रतिक्षा गरिहेको छ । उ माथि यति अन्याय हुदा पनि श्रीमति प्रतिको माया उसको मन मुटुबाट हटेको छैन । भाई अब भुली देउ, उनि सायद अब फर्केर आउदीनन् होला मैले यसो भनेर सामालिन भन्दा उसले भन्यो – ‘दाई ऊ पक्कै पनि मेरो मायाले फर्केर आउनेछ, मलाई विश्वास छ ।
उसले श्रीमतिले छाडेर गएपछि काम छाडेर बसेको पनि महिनौ भइसक्यो । ऊ शारीरिक रुपले पनि कमजोर भइसकेको छ । अहिले उसको सहारा चुरोट र मदिरा बनेको छ । खाईलाग्दो उसको त्यो शरीर अहिले ख्याउटे र खिरिलो भएको छ । श्रीमतिले छाडेर हिडेपछि एकोहोरिदा एकोहोरिदै डिप्रेसनमा पुगीसकेको छ । उसलाई यो कठिन अवस्थामा साथ र सहयोग चाहिएको छ तर अहिले उसको साथमा कोही छैन । साथ दिने भनेर ल्याएकी जीवनसाथीनै अमेरिका आएको तीन महिनामै छाडेर हिडिन ।
मदिरा र चुरोटको नसाको दलदलले उसको जीवन ओरालो लागीरहेको छ । उसलाई अहिले काउन्सेलिङको आवश्यकता परेको छ । ऊ हिजोआज एक्लै धेरै रोइरहेको छ । उसलाई समाहल्ने कोही छैन । उसको साथ अहिले त्यही नुनिलो आसु मात्र बाकी रहेको छ । पारी क्षीतिजबाट न्याउली रोएको आवाज संगै उसको मधुरो स्वर एकतामासले हराउदै गइरहेको छ । राती छिपिरहेको छ , बस उ उज्यालोको प्रतिक्षामा एक्लै टोलाइरहेको छ , निरन्तर,निरन्तर ।