टेक्सस– अमेरिकामा पाकिस्तानी मुलका एक व्यक्तिले परिवारका सबै सदस्यको हत्या गर्ने क्रममा चार वर्षिय नाबालिका छोरीलाई पनि छाडेनन ।

अमेरिकाको टेक्सस हयुस्टनको ह्यारिस काउन्टीमा एक पाकिस्त्ाँनी मुलका व्यक्तिले आफनो पत्नी छोरी र सासु आमाको गोली हानी हत्या गरि आफैलाई पनि गोली हानी हत्या गरेका छन् । अलगै बस्दै आएकी श्रीमतिको घर पुगेर ति व्यक्तिले सबैलाई गोली हानेका थिए ।
प्रहरीले भने उनिहरुको नाम सार्वजनिक गरेको छैन । घटना अनुसार गोली हान्ने ४३ वर्षिय श्रीमान, ३६ वर्षिया पत्नी ४ वर्षिया छोरी र ६४ वर्षिया सासुआमा रहेका छन् । उनी श्रीमति संग छुटदै बस्दै आएको र सम्बन्धबिच्छेदको तयारीमा रहेको समेत बुझीएको छ । श्रीमति स्थानिय हयुस्टन पिस एकेडेमीमा शिक्षिका थिइन ।
प्रहरीले घटनास्थलबाट एउटा स्वचालित पेस्तोल बरामद गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected