अमेरिका– अमेरिकामा फेरि मंकीपक्स भाइरसको तेस्रो संक्रमण सार्वजनिक भएको छ ।
फलोरिडामा बसोबास गर्ने एक व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण भएको आंशका गरिएको हो । उनको अहिले परीक्षण जारी रहेको छ ।
यस अघि अमेरिकाको म्यासाच्युसेसटस र न्युयोर्कका दुई व्यक्तिमा यो भाइरसको संक्रमण फेला परेको थियो ।
अहिलेसम्म मंकीपक्स भाइरस संसारका १२ मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थय संगठनले विश्वमा मंकीपक्स भाइरस फैलिन थालेपछि कडा कदम चाल्ने तयारीमा छ । चाडै नै विश्व स्वास्थय संगठनले दिशानिर्देश जारी गर्ने तयारीमा जुटेको छ ।
राष्ट्रपति जो बाइडेनले समेत यो भाइरसलाई लिएर सबै चिन्तित हुनुपर्ने बताएका छन् । उनले यो भाइरसलाई कुन भ्याक्सिन उपयुक्त हुन्छ त्यो पत्ता लगाउने काम समेत भइरहेको समेत राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected