फोन अनलक छाडेपछि आमालाई तनाव, दुई वर्षे छोराले भुलवश मगाए ३१ चीज बर्गर
अमेरिका– अमेरिकामा आफनी आमाले फोन अनलक छाडेपछि दुई वर्षको बालकले गल्तीले म्यागडोनालबाट ३१ वटा चिजबर्गर अर्डर गरिदिएका छन् ।
टेक्ससकी केल्सी गोल्डेन नामकी महिलाले कम्पयुटरमा काम गरिरहेका बेला आफुबाट फोन खोसेर बालकले फोनको स्क्रीनमा दबाउन थालेपछि डोरडयास एपमा गल्तीले अर्डर भएको हो । मिडिया मार्केटिङको काम गर्ने केल्सी कम्पयुटरमा विद्यालयको काममा व्यस्त भइरहेका बेला यस्तो भएको थियो ।
केल्सीले बच्चाका लागी पहिला नै लन्चको अर्डर गरिसकेकी थिइन । तर जब डेलिभरी ब्वाई उनको ढोकामा ठुलो ब्याग लिएर आए । उनलाई लाग्यो गलत ठेगानामा उसले डेलिभरी लिएर आएको होला ।
जब उनले आफनो फोन चेक गरिन तब दुई वर्ष छोराले गल्तीले ३१ चीज बर्गर अर्डर गरिदिएछन् । दुर्घटनावश भएको यो अर्डरले उनको टाउको दुखाई बन्यो । किनकी उनको घरमा कसैले पनि चीज बर्गर खादैन्थे । उनले फेसबुकमा पोष्ट गदै फ्रि बर्गर खान अफर गरिन । उनको घर बाहिर बर्गर खान आउनेहरुको लाम लागेको थियो । यो घटना अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...