टेक्ससकेा प्राथमिक बिधालयमा सन्काह बन्दुकधारीकेा आक्रमणमा १९ बालबालिकाकेा ज्यान गयेा
टेक्सस– टेक्ससको रोब्स इलिमेन्टरी स्कुलमा १८ वर्षिय किशोरले गोली चलाउदा पछिल्लो अपडेट अनुसार १९ विद्यार्थी सहित दुई शिक्षकको गरि २१ जनाको ज्यान गएको छ । घटनामा अन्य केही बालबालिका समेत घाइते भएका छन् ।
बन्दुधारी किशोरको पहिचान साल्भाडोर रामोसको रुपमा पहिचान भएको छ । आक्रमणकारी प्रहरी कार्वाहीमा मारिएका छन् ।
टेक्ससको सान एन्टिोनियोबाट ८५ माइल दुरीमा रहेको उक्त विद्यालयका सात देखि १० वर्षका बालबालिकाको मुत्यु भएको छ । यस अघि बन्दुकधारीले आफनै हजुरआमाको हत्या गरि बन्दुक बोकेर विद्यालय बसेका थिए । बिद्यालयमा बन्दुकधारी बन्दुक र राइफल बोकेर विद्यालय प्रवेश गरेको थियो । के कारणले बन्दुकधारीले आक्रमण गरे केही खुलेको छैन ।
टेक्ससका गर्भनरले घटनालाई इतिहासकै दर्दनाद भएको बताएका छन् । टेक्ससको यो सानो गाउमा झण्डै २० हजारको हाराहारीमा मानिसहरु बसोबास गर्छन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...