टेक्सस– टेक्ससको इलिमेन्ट्री स्कुलमा भएको डरलाग्दो बन्दुक हमला पछि अमेरिकी राष्ट्रपति जो बाइडेन बन्दुक नियन्त्रण तर्फ कडा कदम चाल्ने तयारीमा छन् ।
उनले टेक्ससको विद्यालयमा भएको नरसंहारी घटना प्रति दुख व्यक्त गदै बन्दुक नियन्त्रणमा नया घोषणा गर्ने तयारीमा छन् । उनले बन्दुक राख्न पाउने कानुनमा समेत नया प्रतिबन्ध लगाउने घोषणा समेत गरेका छन् ।
उनले बन्दुक नियन्त्रणका लागी एउटा अभियान छेडने बताएका छन् । एशियानको पाच दिवसिय भ्रमण पछि स्वदेश फिरेका बाइडेन टेक्ससको विद्यालयमा भएको घटनाबाट आहत बनेका छन् ।
उनले एक सबोधनमा भने–बन्दुक हमलाका घटना अति भयो, घटना देखेर थाकीसकेको छु, अब केही एक्सन लिनुपर्ने भएको छ ।
घटनापछि बाइडेनले काग्रेस सदस्यलाई बन्दुक नियन्त्रण कानुन पारित गर्नका लागी एक साथ खडा हुन अपिल गरेका छन् । टेक्ससको

टेक्ससको रोब्स इलिमेन्टरी स्कुलमा भएको यो घटनामा १९ विद्यार्थी सहित २१ जनाको ज्यान गएको थियो । सन् २०१२ मा स्यान्डी हुक विद्यालयमा भएको बन्दुक हमलापछि को यो सबैभन्दा घातक विद्यालयमा भएको हमला भएको बताइन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected