पुर्व राष्ट्रपति जर्ज डब्लु बुसको हत्याको साजिस रचेको आरोपमा इराकी नागरिक पक्राउ
अमेरिका– अमेरिकाको ओहायोमा बसोबास गर्ने भएक इराकी नागरिक पुर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको हत्याको साजिस रचेको आरोपमा पक्राउ परेका छन् ।
ओहायोको न्याय विभागले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ५२ वर्षिय शिहाब अहमद रहेका छन् ।
उनी माथि बुसको हत्या गर्न विदेशी व्यक्तिलाई अमेरिका ल्याउन एजेन्टलाई पैसा दिएको आरोप छ । उनले पुर्व राष्ट्रपति बुसको निगरानीका लागी २०२२ मा टेक्ससको ड्यालसको यात्रा समेत गरेको सिएएनएनको एउटा रिपोर्टमा खुलेको छ । पक्राउ पछि आरोपीलाई ओहायोको संघीय अदालतमा पेश गरिएको छ ।
उनी २०२० मा अमेरिकी प्रवेश गरेको बताईन्छ । उनको फोन को रेकर्डमा केही शंकास्पद कुराहरु पनि फेला परेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















