अमेरिकामा नेपाली विद्यार्थीको उपचारमा अस्पतालले लार्पावाही गरेपछि १११ मिलियन श्रतिपुर्ति

अमेरिका– अमेरिकामा एक नेपाली विद्यार्थीको खुट्टाको शल्यक्रियामा लार्पावाही गरेको पृष्टि भएपछि अस्पतालले १११ मिलियन क्षतिपुर्ति दिनुपर्ने भएको छ ।
मिनिसोटाको अदालतले २५ वर्षिय नेपाली विद्यार्थी अनुज थापालाई क्षतिपुर्ति दिन अदालतले आदेश दिएको हो ।
थापाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत रहदा २०१७ मा खुट्टा भाचिएको थियो । जति बेला उनी १८ वर्षका थिए । उनी फुटबल खेल्ने क्रममा घाइते भएका थिए । त्यसपछि उनलाई सेन्टर केयर सेन्ट क्लाउड अस्पतालमा उपचारका लागी लगिएको थियो ।
थापाले अस्वीकार गर्दा गदै पनि अस्पतालका चिकित्सकले उनको खुट्टाको शल्यक्रिया गरेका थिए । त्यसपछि उनले खुट्टामा असहज महसुस गरेका थिए । अस्प्तालबाट डिस्चार्ज भएको ६ दिनपछि खुट्टामा समस्या आएपछि पुन अस्पताल आएका थिए । त्यस यता उनको दर्जन भन्दा बढी खुट्टाको शल्यक्रिया भएपछि उनमा स्थायी प्रकारको चोट बल्झिन पुगेको थियो । अस्पतालले विना मुल्याङकन उपचार गरेको र उनमा स्थायी समस्या देखिएपछि अदालतमा मुद्धा दायर गरिएको थियो । अदालतले उनमा चोट परेको, पीडा तथा उपचारका लागी १११ मिलियन क्षतिपुर्ति अस्पतालले दिनुपर्ने फैसला गरेको हो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...