अमेरिकाबाट लोक तथा दोहोरीगायक कृष्ण देवकोटाको जोर धारा

टेक्सस– लोक तथा दोहोरीगायक कृष्ण देवकोटाको नया लोकदोहोरी गीत जोर धारा युटयुब मार्फत सार्वजनिक भएको छ ।
देवकोटाकै शब्द र लय रहेको गीतमा स्वय देवकोटाकै स्वर र महिला गायनमा शान्ति श्री परियारले साथ दिएकी छिन् । आशिष अविरलले संगीत गरेको गीतको म्युजिक भिडियो समेत तयार भएको छ । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । गीतमा पुष्प खडका र जुना सुन्दासले अभिनय गरेका छन् । गीतको सम्पादन नजिन घर्तिले गरेका छन् ।
विशेष गरि नेपाली गामबेसीका भाकालाई टपक्कै टिपेर लयमा उन्न खप्पिस गायक यतिबेला अमेरिकामा रहेका छन् । अमेरिकामा रहेर पनि उनले नेपाली लोक तथा दोहोरी गीतको संरक्षण र सवृद्धनमा लागीपरेका छन् ।
उनका यस अघि ससार विचित्र, बटौलीमा झरौला, नौतुनाको रेल तथा राम्दी झरौला लगायतका दर्जनौ गीतहरु चर्चित छन् ।
गीतकेा लिंक तल छ ः
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...