अमेरिकामा बन्दुक हिंसाबाट हरेक दुई घन्टामा एक बच्चाको जान्छ ज्यान
अमेरिका– अमेरिकामा हालै सार्वजनिक भएको एउटा तथ्य अनुसार बालबालिकाको मुत्युको पछाडी बन्दुक संस्कृति मुख्य कारण रहेको छ । अमेरिकाको चिल्डे«न्स डिफेन्स फन्ड ले यस्तो दाबा गरेको हो । अमेरिकामा बालबालिकालाई निशाना बनाएर प्रतिदिन ९ बन्दुक आक्रमणको घटना घटने गरेको छ जसमा हरेक २ घन्टा ३६ मिनेटमा एक जना बच्चाले आफनो ज्यान गुमाउने गरेको छ ।
बन्दुक संस्कृति अमेरिकामामा दिनप्रतिदिन बढीरहेको छ । यसको नियन्त्रणका लागी आवाज उठे पनि उपलब्धी हुन सकेको छैन । अमेरिकामा बन्दुक आक्रमणबाट मारिएका बालबालिकाको संख्या ३६ गुना भन्दा बढी छ ।
न्यु इगलेन्ड जर्नल अफ मेडिसिनमा प्रकाशित विश्लेषण अनुसार अष्ट्रिया, अष्टे«लिया, स्वीडेन, इग्ल्यान्ड जस्ता उच्च आय भएका मुलुकहरुको तुलनामा अमेरिकामा बन्दुक हिंसाबाट ज्यान गुमाउने बालबालिकाको संख्या अधिक छ ।
अन्तराष्ट्रिय शोधका अनुसार युरोपियन मुलुक जो बन्दुक राख्ने व्यक्तिको संख्या अमेरिकाको बराबर रहेको छ । तर ति मुलुकहरुमा बन्दुक हिंसाको घटना अति न्युन र सुरक्षीत रहेको छ । ति युरोपिय मुलुकमा फिनल्यान्ड र नर्वे सामेल रहेका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...