टेक्सस– अमेरिकाको टेक्ससको बासुङमा बसोबास गर्ने सामाजिक अभियान्त छविलाल हुमागाईले संचालन गरेको निशुल्क नेपाल भाषा पाठशाला कक्षा आईतबार समापन भएको छ ।
भन्डै एक वर्ष देखि संचालन गरिएको पाठशालामा स साना नेपाली बालबालिकाहरु सहभागि रहेका थिए ।
अमेरिकामा नेपाली भाषा प्रति भावी पुस्तालाई जागरण गराउन यो भाषा पाठशाला संचालन गरिएको अभियान्त छविलाल हुमागाईले बताए ।
उनका अनुसार पाठशालामा २५ भन्दा बढी बालबालिकाहरुले अध्ययन गरेका थिए ।
उनिहरुलाई नेपाली भाषाका अलवा, नैतिक शिक्षा, विभिन्न नेपाली संस्कार र संस्कृतिका बारेमा बढी भन्दा बढी जानकारी दिइएको थियो । अमेरिकामा जन्मेका नेपाली बाबुनानीहरुलाई नेपाली भाषा र संस्कृति प्रति अभिरुची जोगाउन पाठशाला संचालन गरिएको थियो । हुमागाईले आफनै घरमा बालबालिकालाई भेला गरेर निशुल्क कक्षा चलाएका थिए ।
आईतबार भएको समापन भएको कार्यक्रमको सभापतित्व हिमा पौडेल भण्डारीले गरेकी थिइन भने कार्यक्रममा एनएस्टी ग्लोबल नेपाली पाठशालाका प्राचार्य विजयराज भट्टराई, एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापा, नेपाल अमेरिका पत्रकार संघका सचिव सुरज भण्डारी, पत्रकार लेखनाथ गौतम, अभिभावकहरु राजेश अधिकारी, लेखनाथ निरौला, निशा श्रेष्ठ, गोविन्दप्रसाद आत्रेयले पाठशालाले बालबालिकालाई नेपाल भाषा र संस्कृति सिकाउन सहयोग पुगेको धारणा राखेका थिए ।
कार्यक्रममा बालबालिकाले विभिन्न गीत नृत्य संगै विविध कलाहरु समापनाको अवसरमा पस्केका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected