अमेरिका– अमेरिकाको फलोरिडाका एक दस वर्षिय विद्यार्थीले आफैले पढने विद्यालयमा बन्दुक आक्रमण गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् ।
उनले आफनै साथीलाई विद्यालयमा सामुहिक बन्दुक हमला गरेर ज्यान लिने धम्की सहितको म्यासेज पठाएपछि प्रहरीले पक्राउ गरेको हो ।
पा“च कक्षामा अध्ययनरत उनको नाम भने उमेर हदका कारण खुलाइएको छैन । फलोरिडाको केप कोरलको पैट्रियट इलिमेन्ट्री स्कुलमा पढने ति विद्यार्थी अहिले सोधपुक्ष भइरहेको छ ।
टेक्ससको घटनामा एक १८ वर्षिय किशोरले विद्यालयमा आक्रमण गरि १९ विद्यार्थी र दुई शिक्षकको ज्यान लिएको घटनापछि आएको धम्कीलाई त्यहा“को स्थानिय सरकारले गंभीर रुपमा लिएर अनुसन्धान गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected