टेक्सस– अमेरिकाको टेक्ससको ड्यालसमा एशोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) नेशनल कन्भेसनको तयारी सुरु भएको छ ।
आगमी जुलाई २ र ३ मा कोपहेलको फोर क्वाइन सेराटन होटलमा हुने कार्यक्रमको तयारी सुरु भएको हो ।
कन्भेन्सनमा शैक्षिक, मनोरञ्जन, व्यापार व्यवसाय देखि सौन्दर्यसंग सम्बन्धीत विविध कार्यक्रमहरु समावेश रहेको एशोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) का अध्यक्ष विजयराज भट्टराईले जानकारी दिए । उनका अनुसार कार्यक्रम बिहान ६ बजे देखि राती एक बजेसम्म संचालन हुने छ ।
विदेशमा रहेका नेपालीले नेपालमा लगानी कसरी गर्ने र नेपालको सम्पत्तिलाई कसरी सुरक्षीत गर्ने लगायतका विषयमा पनि सम्बन्धीत विज्ञहरुलाई राखेर बहस चलाइने बताइएको छ । कार्यक्रमा जुलाइ २ को साझ हुने डिनर र दोहोरी साझ तथा जुलाई ३ मा हुने फेशन शो, सान्स्कृतिक कार्यक्रम र डिजे बाहेक अन्य कार्यक्रम निशुल्क राखिएको छ्। बिस्तृत जानकारी www.ana1983.Org बाट लिन सकिनेछ्।
कार्यक्रममा भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको सांगीतिक प्रस्तुती संगै लोक तथा दोहोरी गायक भगवान भण्डारी र प्रिया भण्डारीको दोहोरी, प्रेमराज महतको कणप्रिय लोकगीत तथा नारायण त्रिपाठी अर्थात प्रेमचरोको हास्यप्रस्तुती समेत रहनेछ । त्यस्तै भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागी हुन अमेरिका धेरै राज्यका नेपाली देखि क्यानडाबाट समेत आउने अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा ३ हजार जना को सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमको स्थानिय संयोजन नेपाल समाज टेक्ससले गदैछ । टेक्ससमा रहेका नेपालीसंग सम्बन्धीत सबै संघ संस्थाको कार्यक्रममा सहभागिता हुने आयोजकले बताएका छन् ।
अमेरिकाको सबैभन्दा पुराना तथा पहिलो नेपाली संस्था मानिएको एएनएको स्थापना १९८३ मा भएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected