मधुर बिपना लिएर गयो
सुनौलो सपना देखाई रह्यो
परको थिएन उ
मेरो आफ्नै मान्छे थियो
सहारा लिने लट्ठी जो थियो
त्यो पनि लिएर गयो
परको थिएन उ
मेरो आफ्नै मान्छे थियो
उज्यालो बर्तमान अन्धकार पारिदियो
नदेखेको भविष्य सुनौलो छ भनिरह्यो
परको थिएन उ
मेरो आफ्नै मान्छे थियो
बदलिएछ धेरै हेर्दा हेर्दै जमाना
आफ्नाले नै सोझ्याउने रहेछन निशाना
परको थिएन उ
मेरो आफ्नै मान्छे थियो
–जुन ३, २०२२
युलेस, टेक्सास
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...