अमेरिका– अमेरिकामा मंकीपक्स भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको छ ।
यसैबीच अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार अमेरिकामा ११ राज्यमा २१ मंकीपक्स संक्रमण पृष्टि गरेको हो ।
अधिकांश संक्रमण युरोपको संक्रमण संग मिल्दोजुल्दो भएको विज्ञहरुले बताएका छन् । यो संख्या अझै बढने सक्ने भन्दै सिडिसीले सचेत गराएको छ ।
यो भाइरसको चपेटामा यतिबेला विश्वका धेरै मुलुक पुगेको छ । विश्व स्वास्थय संगठनले मंकीपक्स भाइरसबाट सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेको छ ।
खास गरी यो भाइरसबाट संक्रमण भएका व्यक्तिमा टाउको दुख्ने, ज्वरो आउने तथा शरीरका मासंपेशी दुख्ने गर्छ । विफर जस्तै शरीरमा पानीका फोका आउन थाल्छ । अधिकांश सक्रमण दुई देखि चार हप्ता सम्म चल्ने स्वास्थय विज्ञहरुले बताएका छन् । यसको लक्ष्ण व्यक्ति अनुसार सामान्य र गंभीर प्रवृत्तिको हुने गरेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...