टेक्सस– टेक्ससका एक युवाले गलफ्रेन्ड प्रति रिस उठाउन सग्रहालयको झन्डै ५ मिलियन कला नष्ट गरेका छन् ।
ड्यालस म्युजियम अफ आर्ट भित्र पसेर बहुमुल्य कला नष्ट गरेको अभियोगमा प्रहरीले २१ वर्षिय ब्रायन हर्नान्डेजलाई पक्राउ गरेको हो । उनले सग्रहालयका सुरक्षागार्डलाई उनले आफु गलफ्रेन्ड देखि पागल भएको भन्दै भित्र पसेर तोडफोड गरेको प्रहरीलाई उद्धृत गदै समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
उनले सग्रहालय भित्र पसेर चोरी र लुटपाट गर्ने कुनै उद्देश्य लिएका थिएनन । केवल जर्वरजस्ती संग्रहालय भित्र पसेर तोडफोडमा उर्तिएको सग्रहालयमा कार्यरत सुरक्षागार्डले प्रहरीलाई जनाएका छन् । तोडफोडबाट कलाकृतिहरु क्षतिग्रस्त भएका छन् । के कति कला अझै क्षति भए भन्ने बारेमा पुर्व अनुमान हुन सकेको छैन ।
उनले संग्रहालयको सिसाको प्रवेशद्धार तोडन धातुको कुर्सि प्रयोग गरेका थिए । उनले जानजान धेरै भाडा र धातुहरुलाई क्षति पुराएको बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected