पत्रकारिता समाजको ऐना हो । पत्रकारिताकै माध्यमबाट समाजलाई सही मार्गमा डोराउन र विकृत र बिसंगतिलाई खबरदारी गर्न पत्रकारको पनि महत्वपुर्ण भुमिका रहेको हुन्छ । यस अर्थमा पनि पत्रकारिता राज्यको चौथो अंगको रुपमा रहेको छ । छापा भन्दा पछिल्लो क्रममा सुचना प्रविधिको बढ्दो विकासले अनलाइन पत्रकारिता फस्टाउदै छ । पत्रकारिताको विकास संगै केही बिकृत पनि भित्रिएका छन् ।
सच्चा पत्रकारिता गर्नु आफैमा चुनौती पनि त्यतिकै छ । नेपालमा लामो समय मूलधारको मिडियामा काम गर्नु भएका पत्रकार शिव शर्मा केही वर्ष अघि अमेरिका आएर पनि प्रवासी पत्रकारितामा क्रियाशिल पत्रकारको नाम हो । उहाँनै प्रधानसम्पादक र प्रकाशक रहेको अनलाइन न्युज पोर्टल युएसनेपाल पोस्ट संचालनमा आउन लागेको खबरले हामीलाई हर्षित तुल्याएको छ । अनलाइनको नाम नै युएसनेपाल रहेकाले पनि यसले अमेरिकामा रहेका नेपालीहरुको विषयलाई नै प्राथमिकता दिने छ भन्ने विश्वास लिएको छु । लामो समय पत्रकारितामा कृयाशिल पत्रकार शर्माले अनलाइन मार्फत नेपाली समाजका सबै विषयबस्तु समेटदै प्रवासी पत्रकारितामा नया आयाम थप्नमा अग्रसर रहने आशा राख्दै नया न्युजपोर्टल युएसनेपाल पोष्टको सफलताको शुभकामना व्यक्त गर्दछु ।
सम्बन्धित खवर
-
अनन्य मित्र शिव शर्मा लामो समय ...
-
नेपालमा रहदा पुर्णकालिन ...