अमेरिका– अमेरिकाको फिलाडेल्फियामा शनिवार राती भएको बन्दुक आक्रमणमा तीन जनाको ज्यान गएको छ ।
घटनामा १४ जना लाई गोली लागेको फिलाडेल्फिया प्रहरीले संचारमाध्यमलाई जानकारी दिएको हो । घटना साउथ स्ट्रिट को २०० ब्लकमा शनिवार मध्यरात भन्दा केही अघि भएको थियो । घटनास्थलबाट प्रहरीले बन्दुक बरामद गरेको छ । गोली लागेर ज्यान गुमाउनेमा एक महिला र दुई पुरुष रहेका छन् । मृतक तथा घाईतेहरुको पहिचान खुलेको छैन ।
अमेरिकामा बन्दुक आक्रमणको घटना थामिन सकेको छैन । राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणका लागी चेतावनी दिइरहेका बेला त्यसको प्रभाव पर्न सकेको छैन ।
यस अघि अमेरिकाको न्युयोर्कको बफेलो सुपरमार्केटमा भएको हमलामा १० जनाको ज्यान गएको थियो । त्यसै गरि टेक्ससको उभाल्डेको एउटा विद्यालयमा आक्रमण हुदा १८ बालबालिका सहित दुई शिक्षकको ज्यान गएको थियो । यस्तै ओक्लोहामाको एउटा नर्सिङ होममा गोली चल्दा चार जनाको ज्यान गएको थियो भने आयोवाको चर्चमा गोली चल्दा तीन जनाको ज्यान गएको थियो ।
गन भाइलेन्स अर्काइभका अनुसार यो वर्ष अमेरिकामा २३३ सामुहिक बन्दुक हमलाको घटना भएको छ , घटनामा १८ हजार भन्दा बढीको ज्यान गएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected