अमेरिकाको टेनिसीको नाइट क्लबमा बन्दुक आक्रमणमा तीन मारिए, १४ घाईते
टेक्सस–अमेरिकाको टेनिसीको च्याटनुगाको एउटा नाइट क्लबमा आईतबार बिहान भएको गोलीकान्डमा तीन जनाको ज्यान गएको छ । घटनामा १४ जना घाईते भएको टेनिसी प्रहरीले संचारमाध्यमहरुलाई जानकारी दिएको छ ।
प्रहरीलाई बिहान २ बजेर ४५ मिनेट जा“दा घटना बारे सुचना प्राप्त भएको थियो । गोली चलेपछि भाग्ने क्रममा गोली लागेर तीन जना सवारीमा ठक्कर खाएका थिए । तीन जना मध्ये दुई जनाको गोली लागेर र एक जनाको भाग्ने क्रममा गाडीमा ठक्कर खाएर ज्यान गएको प्रहरीले जनाएको छ
यसैबीच शनिवार राती नै फिलाडेल्फियाको व्यस्त सडकमा भएको गोलीकान्डमा पनि तीन जनाको ज्यान गएको छ भने १४ घाईते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा बन्दुक हमलाकारीलाई कडा कार्वाही तथा बन्दुक नियन्त्रणका लागी कदम चाली रहेको बताइरहेको बेला दिनप्रतिदिन बन्दुक हमलाका घटना झनै बढीरहेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...