नागरिकता प्रकृयामा ढिलाई भएपछि आप्रवासीद्धारा अमेरिकी सरकार विरुद्ध मुद्धा दायर

अमेरिका– अमेरिकाको नागरिकता प्रकृयामा ढिलाई भएको भन्दै आप्रवासीहरुले अमेरिकी सरकार विरुद्ध मुद्धा हालेका छन् ।
आप्रवासीहरुको एउटा समुहले अमेरिकी सरकारले वर्षोदेखि नागरिकताको आवेदन रोकेको दाबी गदै मुद्धा दायर गरेका हुन । उनिहरुले अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा यसमा जिम्मेवार रहेको बताएका छन् । कोरोना महामारीको समयमा सारिएका कतिपय आवेदनको समेत पालो नआएको भन्दै आप्रवासीहरुले आक्रोस पोखेका छन् । अहिले अवस्था सहज भइसक्दा समेत अमेरिकी नागरिकताको प्रकृयामा ढिलाई भएपछि आप्रवासीहरुले अमेरिकी नगारिक भन्ने आशालाई रोकेको दुखेसको पोखेका छन् ।
उनिहरुले अहिले पुर्ण क्षमतामा काम हुन थालेपछि नागरिकताको आवेदनलाई प्राथमिकता दिनुपर्ने आवाज उठाएका छन् ।
पछिल्लो समय अमेरिकाको आप्रवासन सेवाहरु निकै ढिलाई भइरहेको छ । असाइलम देखि ग्रिनकार्ड लगायतका प्रकृयाहरुको ब्याकलक बढदो क्रममा रहेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...