अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवा माथि निर्घात कुटपीट भएको छ ।
क्यालिफोर्नियाको ओक्ल्यान्डको फक्स थिएटर नजिकै २५ वर्षिय सागर ओशन तामाङ माथि कुटपीट भएको हो । कुटपीट भएपछि उनी गंभीर अवस्थामा अस्पताल भर्ना भएका छन् । रातीको काम सकेर ओक्ल्यान्डको डाउनटाउनमा स्यान्डबीच किन्न जादा उनी माथि आक्रमण भएको साथी बिमला थापाले उल्लेख गरेकी छिन् । सागरको उपचार तथा अन्य सहयोगका लागी बिमलाले खोलेको गोफन्डमा अहिले ३० हजार डलर संकलन भइसकेको छ । घटना मे अन्तिम साताको हो ।
सार्वजनिक स्थानमा हिडदै गर्दा सागरलाई पछाडीबाट आक्रमण भएको थियो । आक्रमणपछि सागर बेहोस अवस्थामा सडकमा ढलेका थिए । उनको साथबाट फोन बालेट, कोट पेन्ट र जुत्ता समेत लुटिएको थियो । बेहोस अवस्थामै उनलाई हाइल्यान्ड अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । आक्रमणबाट उनको अनुहारमा गंभीर चोट लागेको छ र सुनिएर नचिनिने अवस्थामा पुगेको छ । प्रहरीले घटना माथि अनुसन्धान गरिरहेको छ । संचारमाध्यमहरुले घटनालाई घृणीत अपराधको मनसायले घटाइएको एशियाली अमेरिकन माथिको आक्रमण भनिएको छ ।

https://www.gofundme.com/f/stop-asian-hate-crime-in-oaklandcalifornia/share

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected