अमेरिका–अमेरिकामा हतियार खरिदमा अंकुश लगाउने न्युयोर्क पहिलो राज्य बन्न पुगेको छ ।
गर्भनर क्याथे होकल ले न्युयोर्कमा अब बन्दुक किन्न २१ वर्ष हुनुपर्ने एउटा कानुनमा हस्ताक्षर गरेपछि न्युयोर्क पहिलो राज्य बनेको हो । न्युयोर्क तथा टेक्सस लगायतका राज्यमा सामुहिक बन्दुक हमलाका घटना बढेपछि बन्दुक नियन्त्रण कानुन परिमार्जित गर्ने तयारी भइरहेका बेला न्युयोर्क हतियार नियन्त्रण तथा खरिदमा अंकुल लगाउने पहिलो राज्य बनेको हो । यस अघि १८ वर्ष उमेर पुगेका अमेरिकी नागरिकले मात्र बन्दुक खरिद गर्न पाउने कानुनी व्यवस्था रहेको थियो ।
गर्भनर होकलले १० सार्वजनिक सुरक्षा सम्बन्धी बिल हस्ताक्षर गरेकी छिन् । जसमा यो बन्दुक नियन्त्रण सम्बन्धी बिधयेक पनि परेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected