अमेरिका– अमेरिकाको फलोरिडाको आरेन्ज काउन्टीमा दुई वर्षिय बालकले भुलवश गोली चलाउदा आफनै पिताको मुत्यु भएको छ । २६ वर्षिय पिता रेगी मेब्रीको मुत्युपछि बालकको आमा २८ वर्षिया मारी आयाला माथि हत्या अभियोगमा मुद्धा दायर भएको हो ।
बाबु आमाले यस अघि कुनै समय अपराधिक गतिविधीमा सलग्न भएको पाएपछि उनिहरुलाई हतियार राख्न अनुमति थिएन । बालकका पिता घरमै भिडियो गेम खेलीरहेको समयमा घटना भएको थियो । उनलार्ई पछाडीबाट गोली लागेको थियो ।
आमा माथि बन्दुक राखेको, लार्पावाही गरेका कारण पिताको ज्यान गएको भन्दै हत्या अभियोग लगाइएको छ । मारी आयाला माथि हत्याको अभियोग पुष्टि भएमा उनी माथि १५ वर्षको जेल सजाय हुन सक्छ । बन्दुकलाई बच्चाको पहुचबाट टाढा नराखेका कारण घटना भएको बताईन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected