उदघाटनमै पुल ढल्दा उदघाटन गर्न आएका मेयर सहित दर्जनौ नालीमा खसे
अमेरिका– उदघाटन कै दिन उत्तर अमेरिकाको मेक्सिको स्थित क्वेर्निवाका सहरमा पुल ढल्न पुगेको छ ।
उदघाटनका क्रममा पुल ढलेपछि उदघाटन गर्न आएका मेयर सहित पत्नी लगायत दुई दर्जन भन्दा बढी नालीमा खसेका छन् । स्थानिय सरकारी प्रमुख, मिडियाकर्मि तथा सर्वसाधारण समेत परेका छन् । पुल ढले पनि कसैलाई गंभीर चोट भने नलागेको समाचार एजेन्सीहरुले रिपोर्टमा उल्लेख गरेका छन् ।
यसरी पुल ढलेको घटना पछि सबैतिर कोलाहल मच्चिएको थियो । सहरको एउटा नाली माथि पुल बनाइएको थियो । सर्वसाधारणका लागी आवातजावतमा संहज होस भने पुल बनाइएको हो ।
क्षमता भन्दा बढी मानिसहरु उदघाटनका अवसरमा भेला भएका कारण पुल भाचिएको हुन सक्ने अनुमान गरिएको छ । यसरी पुल ढलेको भिडियो पछिल्लो समय सामाजिक संजालमा समेत भाइरल भएको थियो ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















