अमेरिका– टेक्ससको उभाल्डे, न्युयोर्क लगायतमा बन्दुक आक्रमणको घटनाबाट चिन्तित अमेरिका अब बन्दुक नियन्त्रण कानुन बनाउने दिशामा अग्रसर भएको छ ।
न्युयोर्क राज्यमा कानुन बनेपछि बुधबार अमेरिकाको तल्लो सदनले पनि बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । यो कानुन अन्तर्गत अब बन्दुक खरिद गर्ने उमेर सिमा २१ वर्ष हुनुपर्नेछ । यसका अलवा १५ भन्दा अधिक राउन्ड क्षमता भएको म्यागजिनको बिक्री समेत रोक लगाइनेछ ।
अब यो कानुन माथिल्लो सदनले पास गरेपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि कानुन बन्ने प्रकृया अघि बढनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected