१. घोत्लिरह्यो

एउटा मन्चबाट अर्को मन्च तिर

ब्यंग बाण गयो

उता बाट फेरि

अर्को ब्यंग बाण आयो

 

महाभारत सिरियल हो कि

आफ्नै देशको समाचार

डाँडा घरे साइँलो घोत्लिरह्यो

 

२. चसक्क

तिमी हजुरआमा भइछौ

बधाई छ

म पनि त हजुरबुवा भएँ

बडो खुशी लागेको छ

 

तर तिम्रो र मेरो

परिवार छुट्टै छ

अनि दशकौं पुरानो

चसक्क पार्ने

अधुरो प्रेम कहानी छ

 

३.तारिफ

खै, तिम्रो तारिफ गरूँ  भने

जुलुस आउला कि भन्ने डर

नगरुँ त

तिम्रो सौन्दर्य अर्थहीन हुने डर !

 

४. लुते बाघ

बिरालो भन्ठानेको चाँहि  बाघ भएछ

बाघ भन्ठानेको चाँहि त्यसैको पछि लाग्ने भएछ

अनि मेरो देश अलपत्र परेछ

 

५. नबोलेको मान्छे

उ आएको थियो

गाउँमा भोट माग्न

पाँच बर्ष सम्म नबोलेको मान्छे

कसरि सकेको होला

आज फेरि मलाई बुबा भन्न !

 

डालस, टेक्सास

जुन ८, २०२२

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected