अमेरिकामा मंहगी अधिक बढयो, उपभोक्ता सामानमा ४० वर्ष अघिको रेकर्ड तोडयो

अमेरिका– यतिबेला अमेरिकामा बढेको महंगीले सर्वसाधारणले ठुलो मार झेलिरहेका छन् । अमेरिकामा यतिबेला बेला बढेको मंहगीले चार दशक अर्थात ४० वर्षको रेकर्ड तोडेको छ । समाचार एजेन्सीहरुको एक रिपोर्ट अनुसार अमेरिकामा मुद्रास्फीति ४० वर्षको उच्च स्तर ८ दशमलव ६ प्रतिशत पुगेको छ ।
मे महिनामै ग्यास, खाद्यबस्तु तथा अन्य बस्तु र सेवाको मुल्य भारी रुपमा बृद्धि भएको हो । अमेरिकाको श्रम विभागले शुक्रबार एक तथ्याङक जारी गदै अघिल्लो महिना उपभोक्ता मुल्य एक वर्ष अघिको तुलनामा ८ दशमलव ६ प्रतिशतले बढेको बताएको छ ।
यसरी उपभोग्य बस्तुको मुल्य बढनुमा हवाई टिकट देखि रेष्टुराको खाना जस्ता बिल लगायतका हरेक सामानको भएको मुल्य वृद्धिवृद्धि समेत जिम्मेवार रहेको छ । अमेरिकामा बितेको केही महिनामा लगात्तार महंगी बढीरहेको छ । अतिआवश्यक बस्तुमा भएको चर्को मुल्यवृद्धिले सामान्य स्तरका लागी अमेरिकी जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेको छ । उपभोक्ता महंगी यो वर्ष मार्च महिनामै १९८२ पछि पहिलो पटक ८ दशमलव ५ प्रतिशत पुगेको हो ,।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...