अमेरिका– गएको राष्ट्रपति चुनावमा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको धाधली भएको दाबालाई इभान्का ट्रम्पले खारेज गरिदिएकी छिन् र
अमेरिकी संसद कमिटीको सामुन्ने डोनाल्ड ट्रम्पकी छोरी इभान्काले आफनो बयानमा ट्रम्पले लगाएको धाधलीको आरोपलाई खारेज गरेकी हुन ।
उनले बयानमा भनेकी छिन्– चुनावमा कुनै धाधली र गडबढी भएको छैन, पिताद्धारा लगाइएको चुनावी धाधलीको आरोप सबै झुठो हो ।’
अमेरिकामा ६ जनवरी २०२१ मा क्यापिटल हिलमा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको आक्रमणको विषयमा भएको सुनुवाईमा इभान्काले ट्रम्पको दाबालाई झुठ भनेकी हुन ।
सुनुवाई कार्यक्रममा इभान्काका अलवा उनको पति जेरेड कुशनर, तत्कालिन उपराष्ट्रपति माइक पेन्स लगायत ट्रम्प सरकारकमा प्रमुख अधिकारीहरु सुनुवाईमा सहभागी रहेका थिए ।
ट्रम्पले निर्वाचनमा पराजय भोगेपछि आफुलाई हराउन धाधली भएको आरोप लगाउदै आएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected