अमेरिकामा नेपालीहरुले विना डिग्री पनि उच्च स्तरको काम गर्न सक्ने
टेक्सस– अमेरिकामा उचित परामर्श र ज्ञानको अभावमा नेपालीहरुले उच्च स्तरको जागीरको अवसर गुमाइरहेको एक कार्यक्रममा वक्ताहरुले औल्याएका छन् ।
नेपाली समाज टेक्ससले शनिवार टेक्ससमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले यस्तो औल्याएका हुन । नेपालीहरुले विना डिग्री पनि दक्ष र सिपमुलक काम पाउने वातावरण हुदा हुदै पनि वेयर हाउस लगायतका सामान्य काम गर्न बाध्यता हुनु परिरहेको छ ।
केवल वेयर हाउस र ग्यासस्टोरमा मात्र नभई सिपमुलक छोटो तालिम लिएर पनि काम उच्च तहको काम गर्न सकिने नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष तथा ड्यालस कलेजका प्रोफेसर डा प्रेम अधिकारीले बताए ।्रा
नेपालबाट डिभी परेर आएकाहरुले केवल वेयर हाउस र ग्यासस्टोरमा मात्रै नअल्झी सिपमुलक तालिम लिएर गर्न सकिने धेरै कामका अवसरहरु छन्’ डा अधिकारीले भने– दक्ष सिपमुलक तालिम लिएर राम्रो जागीर र व्यवसाय समेत डिभी परेर आएका नेपालीहरुले गर्न सक्छन् । उनले यसका लागी डिग्री नचाहिने र नेपालको शैक्षिक प्रमाणपत्रले समेत काम गर्ने धारणा राखे ।
कार्यक्रममा टेक्सस वमन्स युनिभर्सिटीकी प्रोफेसर डा शिलु घिमिरे न्यौपानेले अमेरिकामा परिवारमा एक जनाको उच्च तहको जागीर भएमा पुरै परिवारलाई फाइदा पुग्ने बताईन । सिपयुक्त तालिम परिवारमा एक जनाले लिएको खण्डमा पुरै परिवारलाई उसले सिकाउन सक्छ’ डा घिमिरे ले भनिन–‘तालिम लिएर गर्न सकिने धेरै अवसरका जागीरहरु यहा“ रहेका छन् ।’
कार्यक्रम संयोजक रविन पाठकले स्वास्थयक्षेत्रमा समेत अमेरिकामा नेपालीहरुले गर्न सक्ने जागीरहरु रहेको बताए । स्वास्थय सम्बन्धीत तालिम लिएर धेरै गर्न सकिन्छ’ उनले भने– सेवा सुविधाका हिसाबले समेत स्वास्थ्य क्षेत्रमा धेरै अवसरका संभावनाहरु रहेका छन् ।’ उनले दुई वर्षे योजना बनाएर नेपाली समुदायलाई कस्तो तालिममा सहभागी हुन प्रेरित गर्ने भन्ने बारेमा नेपाली समाज संग सहकार्य गरेर अघि बढने योजना सुनाए । पाठक टेक्ससबाट पार्कल्यान्ड जस्तो ठुलो अस्पतालमा एचआर पदमा पुग्ने पहिलो नेपाली हुन ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले नेपाली समुदायलाई उच्च स्तरको जागीर सम्म पहुच बढाउने दिशामा समाजले अग्रणी भुमिका खेल्ने बताए । बेयरहाउस र स्टोरमा काम गर्नुपर्ने बाध्यता संगै नेपाली समुदायलाई सिपमुलक तालिमको अवसर सृजना गरेर उच्चस्तरको काम गर्ने वातावरण सृजना गर्न तर्फ यस किसिमको कार्यक्रमले प्रेरित गर्ने धारणा राखे ।
कार्यक्रममा डा दिपेन्द्र बाग्ले, डा ओम थापा तथा नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतिले समेत प्रोफेसनल एन्ड करिअर डेभलपमेन्ट का विषयमा प्रष्ट पारेका थिए ।