अमेरिका–निर्दोष व्यक्ति तथा बालबालिका माथि बन्दुक आक्रमणको घटना बढेपछि यतिबेला अमेरिकी जनता बन्दुक निति माथि विरोध जनाउदै सडकमा उर्तिएका छन् ।
अमेरिकाको राजधानी बासिङटन डिसी सहित कयौ राज्यमा जुलुस निस्केर सरकारको बन्दुक निति माथि परिवर्तनको माग गदै बिरोध जनाएका हुन । प्रदर्शनकारीहरुले हतियारको दुरुपयोग तथा हिंसा माथि रोक लगाउन बन्दुक कानुन परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।
प्रर्दशनमा उर्तिएकाहरु गएको महिनामा टेक्ससको विद्यालयमा भएको बन्दुक आक्रमणको घटना प्रति आक्रोसित र दुखी देखिएका थिए । घटनामा १९ जना बालबालिकाको ज्यान गएको थियो ।
शनिवार अमेरिकाका विभिन्न राज्यका ४५० भन्दा बढी शहरमा जुलुल निकालेर बन्दुक निति परिवर्तन गर्न आवाज उठाएका थिए । शनिवार निस्केको जुलुसको राष्ट्रपति जो बाइडेनले समेत समर्थन जनाएका छन् । उनले यो जुलुसलाई समर्थन गदै संसदलाई समेत अब केही गर्न आग्रअ गरेका छन् ।
अमेरिकामा अटो राइफल खरिद गर्न १८ वर्षबाट बढाएर २१ वर्ष हुनुपर्ने कानुन निर्माण हुने प्रकृयामा रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected