टेक्सस– कवि तथा साहित्यकार राधाकृष्ण काफलेको नविनतम मुक्तक संग्रह चॅादनी आईतबार टेक्ससको ड्यालसमा एक कार्यक्रम बीच लोकार्पण भएको छ ।

अन्तराष्ट्रीय नेपाली साहित्य समाजले आयेाजना गरेकेा कार्यक्रममा मुक्तसंग्रहको कवि तथा गीतकार शैलेश आचार्य, स्रष्टा साझ टेक्ससका अध्यक्ष प्रभात दिक्षितले सयुक्त रुपमा लोर्कापण गरेका हुन ।


कविता गीत लेखनमा सक्रिय काफ्लेको यो पुस्तकको रुपमा पहिलो कृति हो । उनका राष्ट्रिय गीत, भजन र आधुनिक गीत गीत गरि दर्जनौ गीतहरु रेकर्ड छन् । त्यस्तै विभिन्न पत्रपत्रिकामा उनका साहित्यक सृजनाहरु प्रकाशित छन् । उनको गीत तथा कविताको पुस्तक समेत प्रकाशोन्मुख अवस्थामा रहेको छ।

चादनी मुक्त सग्रहमा समाज, राजनिति, मानवीय समवेदना , प्रेमवियोग लगायत विविध विषयमा समेटिएका २ सय भन्दा बढी मुक्तहरु सग्रहीत छन् ।
कार्यक्रममा चादनी पुस्तक माथि साहित्यकार बैकुण्ठराज आचार्य, प्राध्यापक डा शिलु घिमिरे न्यौपाने ले समिक्षात्मक टिप्पणी गरेका थिए ।


कार्यक्रममा साहित्यकार शैलेस आचार्य, स्रष्टा साझ टेक्ससका अध्यक्ष प्रभात दिक्षित, साहित्कार भिम कार्की,नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्ले, अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्ससकी अध्यक्ष निर्मला राई, कोषाध्यक्ष भगवति पौडेल, सचिव सुमन कार्की, गजलकार पवन लामिछाने, शशी भट्टराई, थलाराज पन्त लगायतले काफ्लको मुक्तसग्रहको चर्चा र परिचर्चा गरेका थिए ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected