अमेरिका–अब तपाईले अर्को पटक डिभी भर्दा पासपोर्ट नचाहिने भएको छ । अमेरिकी सरकारको फेडरल रष्टिरमा डिभी भर्दा पासपोर्ट नचाहिने नियम प्रकाशित भइसकेको छ । अब तपाईले पासपोर्ट विना अर्को डिभी भर्न सक्नुहुनेछ । डिभी भर्दा अनिवार्य पासपोर्ट चाहिने नियम तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१९ को जुन ५ मा लागु गरेका थिए ।
पछि ट्रम्पकालिन उक्त नियमलाई कोलम्बीयाको अदालतले खारेज गरेको थियो । डिभी भर्दा पासपोर्ट चाहिने नियमबाट धेरै डिभी भर्न चाहने नेपालीहरु समस्यामा परेका थिए । पासपोर्टकै कारण धेरैले डिभी भर्न पाएका थिएनन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected